१७ बैशाख २०७३, शुक्रबार

नेपाल आयल निगमले डेढ वर्षको अवधीमा २९ अर्ब रुपैयाँ ऋण तिरेको छ । निगमले विभिन्न समयमा सरकार, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष तथा विभिन्न वित्तिय संस्थाबाट लिएको ३६ अर्ब ६४ करोड रुपैयाँ ऋणमध्ये अब ७ अर्ब ६४ करोड १० लाख रुपैयाँमात्र तिर्न बाँकी छ ।

आयल निगमचालू आर्थिक वर्षभित्रै सबै ऋण चुक्ता गर्ने योजना निगमको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएसँगै निगमले नाफा कमाएर ऋण तिर्न सकेको हो ।

निगम प्रवक्ता मुकुन्द घिमिरेका अनुसार बढी ब्याजदर भएका कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष तथा विभिन्न बैंक तथा वित्तिय संस्थाको ऋण चुक्ता भइसकेको छ । आजको कारोबार दैनिकमा खबर छ ।

 

LIVE TV