१६ बैशाख २०७३, बिहीबार

जनमैत्री अस्पतालले समयमै विद्युत महसुल नतिर्दा नेपाल विद्युत प्राधिकरणले विद्युत लाइन काटिदिएपछि अस्पतालका सेवाहरु प्रभावित भएको छ । विद्युत लाइन काटेका कारण सिकिस्त बिरामीहरुको सेवामा समेत गम्भीर असर परेको अस्पतालले जनाएको छ ।

janmaitri

नेपाल विद्युत प्राधिकरण कुलेश्वरले लामो समयसम्म महसुल नतिरेको कारण देखाउदै जनमैत्री अस्पतालको लाइन काटेको हो । यसले गर्दा अस्पतालजस्तो संवेदनशील संस्थाको काम प्रभावित भएको छ । विद्युत प्राधिकरणले भने ५ बर्षदेखिको महसुल नतिरेको र त्यस वापतको शुल्क ९८ लाख २० हजार रकम नतिरेको बताएको छ । प्राधिकरणले महसुल समयमै तिर्न बारम्बार पत्र काटेपनि कुनै वास्ता नगरेकोले लाइन काट्न बाध्य भएको प्राधिकरणको भनाई छ ।

केही समय मागेको अस्पताल प्रशासन पछिल्लो माघ महिनादेखि सम्पर्कमा समेत नआएको विद्युत प्राधिकरण कुलेश्वर शाखाका प्रमुख दिलबहादुर गिरिले बताउनुभयो । उहाँले जनमैत्री अस्पतालले लामो समयदेखि कुनै प्रतिकृया नजनाएपछि विद्युत प्राधिकरणको नियमअनुसार लाइन काटिएको जानकारी दिनुभयो ।

तर अस्पतालले भने पूर्व जानकारी विना नै विद्युत लाइन काटिएको भन्दै दुखेसो व्यत गरेको छ । अस्पतालले विद्युत महसुल तिर्न भने बाँकी रहेको स्वीकार गरेको छ । तर लाइन काटनुअघि पूर्वजानकारी दिएको भए बैकल्पिक उपायहरु अपनाउन सकिने र अस्पतालमा हुने हरेक कार्यहरु प्रभावित नहुने जनमैत्री अस्पतालका अध्यक्ष केपी शर्माले बताउनुभयो ।

पूर्व जानकारी नदिइकन नै विद्युत प्राधिकरणको गलत मनसायले त्यसो गरेको शर्माले दाबी गर्नुभयो । अस्पताल जस्तो संवेदनशील स्ांस्था स्वयम जिम्मेवार भएर समयमै विद्युत महसुल तिर्नु पथ्र्यो तर उसको अटेरपनका कारण पूर्व सूचना विना विद्युत लाइन काटिदा विरामीले भने सास्ती व्यहोर्न वाध्य हुनुपरेको छ

 

LIVE TV