१६ बैशाख २०७३, बिहीबार

काठमाडौं, आयोजीत एक पे्रसमिटमा फिल्म ‘एक्शन’ को अफिसियल ट्रेलर सार्वजनीक भएको छ । फिल्म ‘एक्शन’लाई एक्शन जन्र्मा राखीएको छ । चिरायु फिल्मस्को ब्यानरमा उक्त फिल्मलाई शर्मीला तामाङ र दीपेन्द्र कोईरालाले संयुक्त रुपमा निर्माण गरेका हुन् ।
फिल्मको ट्रेलर सार्वजनीक कार्यक्रममा फिल्मका निर्माण पक्षलाई कलाकारहरु र पत्रकारहरुले साथ दिएका थिए । ‘एक्शन’फिल्मको निर्देशकको रुपमा राजु आर्यल रहेका छन् । फिल्मको कथा पनि निदशर्के आर्यलकै रहेको छ । फिल्ममा एक्शन र कमेडिको मिश्रण रहेको फिल्मका निर्देशक आर्यलले बताए ।
vlcsnap-2016-04-28-18h17m58s831
फिल्मले देशलाई परिवर्तन गर्नको लागी हरेक युवा तथा नागरीकले एउटा सकारात्मक मिसन बनाएर एक्शन लिएर उभिन सक्नु पर्छ भन्ने सन्देश दिने भएको छ । फिल्ममा प्रल्लाद बोगटिले संगीत दिएका छन् । त्यस्तै कुमार महर्जनले द्धन्द निर्देशन गरेका छन् । र गोबिन्द प्रभात र राम प्यासिले नृत्य निर्देशन गरेका छन् ।
फिल्म ‘एक्शन’मा शिब श्रेष्ठ,जेनीषा  केसि,प्रमोद दिप, कसम गुरुङ,दिनेश घिमिरे,राज थपलीया,बिशाल पहारी,रक्षा गुराँगाई,अभिरुची बुढाथोकी लगाएत कलाकारहरुको अभिनय रहेको छ ।
फिल्म ‘एक्शन’को अफिसियल ट्रेलर सार्वजनीक कार्यक्रममा उपस्थित भएका फिल्मका कलाकारहरुले पनि आ आफ्नो बिचार राखे ।
vlcsnap-2016-04-28-18h15m50s985

vlcsnap-2016-04-28-18h18m30s759
राष्ट्र निर्माणको लागी अबको युवाहरुले खेल्ने सकारात्मक भुमिकालाई प्रस्तुत गर्ने फिल्म ‘एक्शन’ जेष्ठको १४ बाट दर्शक माझ प्रदर्शनमा आउँदैछ ।

vlcsnap-2016-04-28-18h16m34s096 vlcsnap-2016-04-28-18h17m52s373   vlcsnap-2016-04-28-18h19m09s830 vlcsnap-2016-04-28-18h20m37s448

LIVE TV