१६ बैशाख २०७३, बिहीबार

सडक सञ्जालले छुन नसकेको दुई जिल्ला कर्णालीका भूगोल भित्र समेटिएका छन् । तर अब एक जिल्ला डोल्पाले सवारी साधनसंग साइनो जोड्दै राष्ट्रिय सडक सञ्जालमा समाहित हुने भएको छ । यस्का लागि आगामी असार भित्र जाजरकोटबाट डोल्पा सडक पु¥याउने कार्यलाई तीब्र पारिएको छ ।

dolpa road

सडक यातायातले छुन नसकेको बिकट हिमाली जिल्ला डोल्पालाई चाल आर्थिक वर्ष २०७२।०७३ को अषार महिना भित्र सडक सन्जाललाई जोड्ने गरि जाजरकोट डोल्पा सडकको निमार्ण कार्यलाई द्रुत गतिमा अघि बढाइएको छ । जाजरकोट रुकुम हुदै—डोल्पाको दुनै सदरमुकाम सम्मको कुल लम्बाई ११८ किलोमिटर रहेको उक्त सडकको ७३ किलोमिटर सडक खण्डको निर्माण सम्पन्न समेत गरिएको छ ।

जाजरकोट रुकुम हुदै डोल्पा सिमाना जोड्ने रुकुम जिल्लाको गोतामकोट गाबिसमा पर्ने मन्का बगर सम्मको ७३ किलोमिटरको निमार्ण कार्य सम्पन्न गरिएको हो । अब डोल्पाको सदरमुकाम दुनै सम्मको सडकको ट्रयाक खोल्न १८ किलोमिटर सडक मात्र बाँकी रहेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाले पाँच ठाउँमा निमार्ण बेस क्याम्प खडा गरि एकै साथ युद्दस्तरमा निमार्ण कार्यलाई अगाडि बढाइएको छ  ।

जाजरकोट—डोल्पा सडकको शुरु बिन्दु मानिएको पासागाड हुदै डोल्पाको सिमाना जोड्ने रुकुम जिल्लाको मन्काबगर सम्मको ७३ किलोमिटर सडकको निमार्ण गर्न हाल सम्म नेपाल सरकारको ६५ करोड रुपैया खर्च भएको छ । जाजरकोट—डोल्पा सम्मको कुल ११८ किलोमिटर लम्बाई मध्ये हाल सम्म १०० किमी सडकको निमार्ण कार्य सम्पन्न भैसकेको छ भने बाँकी १८ किमी सडक खण्डमा पर्ने भुगोल कडा चट्टान र भीर पहराले बनेको र भौगालिक बिकटता समेत भएकाले सरकारले आबश्यक मात्रामा बजेट उपलब्ध गराएमा डोल्पाको सदरमुकाम दुनै सम्म यातायातका साधनहरु गुडाउनको लागि अझै २ वर्ष सम्म लाग्ने सडक निर्माण कार्यदलका प्रमुख महासेनानी इञ्जिनियर विश्वबन्धु पहाडीले जानकारी दिनुभयो ।

२०७३ असार महिना भित्र जाजरकोट डोल्पाको सिमा क्षेत्र त्रिबेणीमा  हल्का सवारी साधन जीप टयाक्टर  औपचारिक रुपमा संचालनमा ल्याइने भएको छ । जाजरकोटको भुभाग हुदै रुकुमको भुभागमा पर्ने डोल्पाको सिमानासंग जोडिएको गोतामकोट गाबिसको मन्का बगर सम्म यातायातका साधन संचालनको तयारी भइरहेको र डोपाको त्रिबेणीसम्मको सडक खण्डको ट्याकओपन कार्य असारको पहिलो सातामा पुरा गर्ने र मसान्तबाट सबारी साधन संचालनमा ल्याइने गरि सडक निमार्णको काम भइरहेको छ ।

जाजरकोट—डोल्पा सडक निमार्ण कार्य तीब्र गतिमा भइरहे पनि सरकारले जाजरकोट डोल्पा सडक निमार्णका लागि यथेष्ट बजेट बिनियोजन भने गर्न सकिरहेको छैन । आबश्यक बजेट बार्षिक रुपमा सरकारबाट ब्यवस्था गर्न सके सरकारकाले लिएको लक्ष्यअनुरुप २ वर्ष भित्र डोल्पाको दुनै सम्मको सडकको ट्याक ओपन कार्य सम्पन्न गर्न सकिने सडक निमार्णमा संलग्न नेपाली सेनाले जनाएको छ ।

सडक निर्माण कार्य अघि डोल्पाको सदरमुकाम दुनै देखि जाजरकोट जिल्लाको सदरमुकाम खलाँग पुग्न झण्डै चार दिनको पैदल यात्रा पार गर्नु पर्दथ्यो तर अब सडक निर्माण पछि भने एक दिनमा जाजरकोट र दुई दिनमा नेपालगन्ज र काठमाण्डौ पुगिने भएको छ  ।

 

 

LIVE TV