१६ बैशाख २०७३, बिहीबार

Smart-licence

मधेस आन्दोलनका कारणले विगत लामो समयदेखि बन्द गरिएको चालक अनुमति पत्र वितरण खुलेको एक दिनमै ९ हजार भन्दा बढिले आवेदन दिएका छन् । यातायात व्यवस्था कार्यालय जनकपुरले दुई पांग्रे सवारीसाधान(मोटरसाईकल) चालक अनुमतीकालागि दरखास्त अह्वान गरेकोमा एक दिनमै ९ हजार ३ सय जनाले मोटरसाईकल तथा स्कुटी चालक अनुमति पत्रको लागि आवेदन दर्ता गराएका छन् ।

मधेसी मोर्चाले आन्दोलनको समयमा कार्यालय बन्द गराउंदै कामकाज ठप्प पारेपछि यातायात कार्यालय जनकपुरबाट झण्डै ९ महिनादेखि चालक अनुमति पत्र वितरण कार्य रोकिएको थियो । अहिले जनजीवन सहज बन्दै गएपछि कार्यालयले पुनः दरखास्त आह्वान गरेको यातायात व्यवस्था कार्यालय जनकपुरका प्रमुख रामकाजी खनालले जानकारी दिनुभयो ।

दिनानुदिन दुई पांग्रे सवारीसाधनको संख्या बढ्दै जानु र ट्राफिक प्रहरीले चेकजाँचमा कडाई गरेपछि चालक अनुमतिपत्र लिनेको संख्या बढ्दै गएको यातायात प्रमुख खनालको दावी छ । लामो समय पश्चात दरखास्त आह्वान गरेकाले आवेदन दिनेको संख्या बढेको हुन सक्ने खनालले बताउँनुभयो । दरखास्त दिनेको संख्या अहिलेसम्मकै सबैभन्दा बढी भएको खनालले बताउँनुभयो ।

आवेदन बुझाएका मध्ये ४ सयका दरले लिखित तथा प्रयोगात्मक परीक्षा लिएर उतिर्णलाई चालक अनुमति प्रदान गरिने खनालले बताउँनुभयो ।

आवेदन दिने सेवाग्राहीको भीडलाई मध्य नजर गर्दै व्यापक मात्रामा प्रहरी परिचालन गरिएको थियो । फारम भर्नका लागि सर्वसाधारणहरु विहानै ३ बजेदेखि नै लाइनमा बसेका  थिए । धनुषा , महोत्तरी ,सिरहा सर्लाही , सिन्धुली लगायका जिल्लाहरुबाट चालक अनुमति पत्र प्राप्तिका लागि आवेदन दिन सेवाग्राहीहरु आएका थिए ।

 

LIVE TV