१६ बैशाख २०७३, बिहीबार

नेपाली म्यूजिक भिडियोहरुले संगीत को क्षेत्र मा नया फड्को मरेका छन् किन कि नेपाली संगीत का भिडियोहरु अचेल पार्क र नदी किनार मा मात्रै सिमित नरहेर नया प्रबिधिसंगै नौलो स्वाद दिइरहेका छन् जसले गर्दा आचेलका गीत गीत सुन्दा होइन, हेर्दा मज्जा आउंछ ।

xa

क्रिसमस इभका दिन लन्डनमा खिचिएको एउटा गीतको म्यूजिक भिडियोमा त्यस्तै पृथक शैली अपनाएका छन् नेपाली युवाले । नवराज घलेले व्यवसायिक गायकको चिनारी बनाउन त अझै बांकी छ तर उनले आफ्नो पहिलो एल्बममा रहेको गीत आज आइ भन्छेऊ छोडिदेऊ, यो मन कतै अन्तै मोडिदेऊ…को म्यूजिक भिडियो पृथक र उत्कृष्ट बनाएका छन्। र्याप र मेलोडी मिश्रित गीतको भिडियो छायांकन गर्न लोकेशन रोजियो लन्डनस्थित वाटरलु ग्राफिटी जहां टनेलभित्र जताजतै पेन्टिङ छ ।

त्यस्तो ठाउं रक टाइपका गीतमा भिडियो बनाउन गज्जब हुने भएकोले युवा नवराज घलेले भिडियोका लागि तीनवटा स्पोर्टस् बाइक र एउटा कारको प्रयोग गरे। निर्देशक श्रेष्ठले उक्त भिडियोमा सारा सिरपाली, सुशील थापा र प्रवीन गुरुङलाई अभिनय गराएका छन् । अहिले चर्चा भइरहेको गायिका अन्जु पन्तको जुनी जुनी…गीतबाट श्रेष्ठले नै सारालाई प्रवेश गराएका थिए।

बेलायतमा सिनेमा शोका अवसरमा नायक दयाहाङले गायक नवराज घलेको नयां गीतको म्यूजिक भिडियो समेत सार्वजनिक गरे ।घलेको पहिलो एल्बममा रहेको गीत आज आइ भन्छेऊ छोडिदेऊ, यो मन कतै अन्तै मोडिदेऊ…को म्यूजिक भिडियो सार्वजनिक गरिएको हो जसको निर्देशन कुशल श्रेष्ठले गरेका छन् ।

हरेक भिडियोमा केही ने केही फरकपन दिन चाहने स्थापित सञ्चारकर्मी श्रेष्ठको निर्देशन, छायांकन र सम्पादन अनि सहायक निर्देशनमा कृष्ण सुवेदीले साथले भिडियो पृथक बनेको सहभागी दर्शकको प्रतिक्रिया थियो ।

LIVE TV