१६ बैशाख २०७३, बिहीबार

पोखरा, पच्चिस मेगावाटको माथिल्लो मादी जलविद्युत् आयोजनाको प्रसारण लाइनलाई आज लेखनाथ सव स्टेसनको १३२ केभी बसबारमा जडान गरिने भएको छ ।

LINE
यसै वर्ष काम सम्पन्न गर्ने लक्ष्य राखिएको सो आयोजनाको प्रसारण लाइनलाई बसबारमा जडान गर्न लागिएको नेपाल विद्युत् प्राधिकरण पोखरा ग्रिड शाखाका प्रमुख जगदिश शर्मा पौडेलले जानकारी दिनुभयो ।

जडान कार्यका लागि आज बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म लेखनाथ र पोखरा सव स्टेसनबाट विद्युत् प्रसारण हुने सम्पूर्ण क्षेत्रमा आपूर्ति बन्द हुने छ ।

जडान कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न भएमा विद्युत् आपूर्ति सूचारु गरिने शाखाले जनाएको छ । रासस

 

LIVE TV