१६ बैशाख २०७३, बिहीबार

catch

राजविराज, विगत पाँच वर्षदेखि फरार रहेका बहुविवाहका एक आरोपितलाई सप्तरी प्रहरीले आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको सप्तकोसी नगरपालिका–२ फतेपुर निवासी ४५ वर्षीया पारस बस्नेत रहेको प्रहरी निरीक्षक गौरव महतले बताउनुभयो ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनलाई घरबाटै पक्राउ गरेको हो ।

पक्राउ परेका बस्नेतलाई आजै जिल्ला अदालतमा उपस्थित गराई राजविराज कारागारमा पठाइने प्रहरी निरीक्षक महतले जानकारी दिनुभयो ।

बस्नेतलाई २०६८ सालमा जिल्ला अदालत राजविराजले बहुविवाहको अभियोगमा ११ महिना कैद र रु पाँच हजार जरिवाना गरेको थियो । रासस

 

LIVE TV