१६ बैशाख २०७३, बिहीबार

सल्यान ।एकै परिवारको ४ जनाको हत्या गरेको आरोपमा सल्यान प्रहरीले संजय भारतीलाई पक्राउ गरेको छ । गत राती छाँयाक्षेत्र गाविस ९ रानागाँउका सिता खाँण, उनका २ जना छोरी र बहिनीको हत्या गरेको आरोपमा उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।ss

हत्या गरेको आरोपमा पक्राउ परेका भारतीले प्ररहरीसँगको बयानमा उनले आफूले नै हत्या गरेको स्वीकारे गरीसकेको सल्यान प्रहरीले जनाएको छ ।

आफ्नै कोठामा सुतिरहेको अवस्थामा सिता खांण उनको छोरीहरु साढे २ वर्षकी पवित्रा ,११ महिनाकी सविता खांण र खांणको वहिनी शारदा नपा८ मार्के घर भई साथमै वस्दै आईरहेकी १८ वर्षकी गिता गिरीलाई बस्तु बाध्ने काठको किलोले टाउकोमा प्रहार गरी मारेको भारतीले प्रहरी समक्ष बयान दिएका छन् ।

भारतीले जुठ्ठी अधिकारीलाई समेत घरमा सुतेको अवस्थामा टाउकोमा लाठीले प्रहार गरी घाईते बनाएको उनले बताए। अनुसन्धानका लागि मध्य पश्चिम क्षेत्रीय प्रहरी कुकुर शाखा कोहलपुरवाट भुन्टी नामको कुकुरले भारतीलाइ्र्र पक्राउ गरेको थियो ।

s

उनले एकै परिवारका ४ जनालाई किन हत्या गरेको विषयमा प्रहरीले मध्यान्ह १२ बजे पत्रकार सम्मेलन गरी हत्याको आरोपीलाई सार्बजानि गर्ने जनाएको छ ।

LIVE TV