१६ बैशाख २०७३, बिहीबार

फलेवास (पर्वत)। पुरानो योजनाले सदरमुकाम तीन करोडको खानेपानी आयोजना कुश्मावासीलाई खानेपानी अभाव भएपछि नयाँ योजनाको निर्माणकार्य सुरु गरिएको छ ।
खानेपानी आयोजना सुरु
तीन करोड ४२ लाख ८७ हजार ९७४ रुपैयाँको लागतमा कुश्मा खानेपानी आयोजना सुरु भएको हो । अहिले भइरहेको योजनाभन्दा थप दुई हजार ५० घरधुरीका बासिन्दालाई खानेपानी सुविधा पु¥याउन आयोजना सुरु गरिएको हो । आयोजनाको पुनःनिर्माण कार्य बुधबारदेखि औपचारिक रुपमा सुरु भएको छ । उक्त आयोजना २०७४ साउन सम्ममा सम्पन्न हुने उपभोक्ता समितिका अध्यक्ष तारानाथ शर्माले जानकारी दिनुभयो ।

आयोजना सम्पन्न गर्न नेपाल सरकारबाट कुल लागतको ७० प्रतिशत अनुदान प्राप्त भएको छ भने ३० प्रतिशत संस्थाले नै व्यहोर्ने जनाइएको छ । आयोजना सम्पन्न गर्ने आवश्यक रकम अपुग भएको खण्डमा नगर विकास कोषमार्फत सहुलियत दरमा २० देखि २५ प्रतिशतसम्म ऋण लिने सम्झौता गरिएको छ । सदरमुकाममा खानेपानीको व्यवस्थापन गर्दै आएको शिवालय खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको पहलमा उक्त आयोजना निर्माण हुन लागेको हो । खानेपानी योजनाको बुधबार पर्वतका प्रजिअ झङ्कनाथ ढकालले शिलान्यास गर्नुभएको छ ।

सदरमुकाम कुश्माबजारमा आवश्यक खानेपानीको माग पूरा गर्नका साथै पहिलो योजनाको सुधार तथा विस्तारका लागि यस संस्थाले तेस्रो साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत निर्माण गर्न लागिएको समितिका अध्यक्ष शर्माले जानकारी दिनुभयो ।

LIVE TV