१६ बैशाख २०७३, बिहीबार
‘रोजगारी र समृद्धिका लागि आर्थिक क्रान्तिको अभियान’ नामक संस्थाका १२ युवाले स्वदेशमै रोजगारीको वातावरण सिर्जना गर्न सरकारसित माग गर्दै आमरण अनशन थालेका छन्। कान्तिपुर दैनिकमा समाचार छ। रोजगारी माग्दै युवाहरु अनशनमा
अनशन बसेकाहरु प्राय स्नातक सकेका युवा छन्। उनीहरुले योग्यता, सीप र दक्षताअनुसारको रोजगारीको ग्यारेन्टी, रोजगार दिन नसके स्वरोजगारका लागि प्रमाणपत्र धितोमा राखेर ऋण दिनुपर्ने, बेरोजगार भत्ताको व्यवस्था गर्नु पर्ने लगायत माग राखेका छन्।
अनशनमा एमाओवादीका नेता चन्द्रवहादुर थापाले पनि साथ दिएका छन्। उनीले पार्टीको काठमाडौं जिल्ला उपाध्यक्षबाट राजीनामा दिएर अनशन बसेका छन्।

LIVE TV