१५ बैशाख २०७३, बुधबार

काठमाडौँको उत्तरपूर्वी शङ्करापुर नगरपालिका–५ स्थित जहरसिंहपौवा सामुदायिक वनमा आज अपराह्न आगलागी भएको छ ।

house-fire
आगलागीका कारण सिन्धुपाल्चोकबाट काठमाडौँ आउने सवारी साधन जहरसिंहपौवा र काठमाडाँैबाट सिन्धुपाल्चोक हिँडेका सवारी साधन शङ्करापुर नगरपालिका–४ मा करिब चार घन्टा रोकिएका थिए ।

काठमाडौँबाट गएको वारुणयन्त्र, इलाका प्रहरी कार्यालय साँखुबाट गएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । सामुदायिक वनमा आगलागी भएपछि जङ्गल माथि रहेको बस्ती खाली गराइएको थियो । आगलागी नियन्त्रणपछि सो सडक भएर चल्ने सवारी साधन निर्वाध रुपमा चल्न थालेको इप्रका साँखुले जनाएको छ । रासस

 

LIVE TV