१५ बैशाख २०७३, बुधबार

इटहरीमा सम्पन्न दोस्रो टि २० क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लब रातोले जितेको छ । बुधबार इटहरीको जनता माविको खेलमैदानमा सम्पन्न फाइनल खेलमा पुलिसले सिवाईसी अत्तरीयालाई तिन रनले जितेको हो ।

t20

टस जितेर नेपाल पुलिसले ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाएर १ सय १७ रन बनाउन सफल रहयो । पुलिसको लागि नबिनसिंह थापाले ३५ रन र संञ्जयकुमार साहले २२ रन बनाएका थिए । सिवाईसी अत्तरीयाका लागि पुष्प थापाले २ विकेट लिएका थिए भने जवाफी ब्याटिङमा आएको अत्तरीयाले १ सय १४ रनमा अल आउट भएको थियो ।

अत्तरीयाको लागि पुष्प थापाले २८ रन र बिजय मण्डलले २१ रन बनाएका थिए । प्रतियोगितामा पुलिसको लागि ३ विकेट लिएका नबिनसिंह थापा म्यान अफ दि म्याच भए । अत्तरीयाका महवुब आलम म्यान अफ दि सिरिज भए ।

प्रतियोगिताको बेष्ट ब्याटस् म्यान झापाका अकिंत सुवेदी र बेष्ट बलर नेपाल पुलिसका नबिनसिंह थापा हुन सफल भएका थिए । बिजेता नेपाल पुलिस क्लब रातोले नगद ३१ हजार एक सय एघार रुपैयाँ सहित सिल्ड र दोस्रो अत्तरीयाले नगद १२ हजार दुई सय पच्चीस सिल्ड प्राप्त गरेका थिए ।

बिजेता दुवै टिमलाई पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष रविन नगरकोटीले पुरस्कार र नगद प्रदान गर्नुभएको थियो । इटहरीको सेभेन स्टार क्लबले आयोजना गरेको प्रतियोगीतामा राष्ट्रिय स्तरका १० टिमको सहभागिता रहेको थियो ।

 

LIVE TV