
बुधबार नेपाल स्टक एक्सचेन्जमा ८६ करोडमाथिको शेयर कारोबार भएको छ । दिनभरिमा १ सय २९ वटा कम्पनिको १३ लाख ४४ हजार ६ सय ८८ कित्ता शेयर ३ हजार ६ सय ३७ पटक खरिदविक्रि हुँदा कुल ८६ करोड १३ लाख ५९ हजार ८ सय १३ रुपैँया बराबरको काराबार भएको हो नेप्से परिसूचक बुधबार ५ दशमलव २७ अंकले बढेर १हजार ४सय ५८ दशमलव ३८ अंकमा पुगेर बन्द भएको हो ।
बाणिज्य बैंक र इन्स्योरेन्स समूहले बुधबार बजार उचालेका छन् । बाणिज्य बैंक समूहको परिसूचक ५ दशमलव १९ अंकले बढ्यो । होटल, जलविद्यूत र फाइनान्स समूहको सूचक घटेपनि बैंक, विकास बैंक र बीमा समूहको उच्च बृद्धिले बजारलाई माथि उठायो । बीमा समूहको ४८ दशमलव २४ र विकास बैंक समूहको १८ दशमलव ८९ अंकले सूचक बढेको छ ।
धेरै कमाउने कम्पनीमा लघुवित्त कम्पनी धेरै परेका छन् । विकास बैंक समूह भित्रका यी लघुवित्तका लगानीकर्ताले बुधबार नौं प्रतिसतसम्म कमाए । नागबेली लघुवित्त, स्वावलम्वन, निर्धन उत्थानका लगानी कर्ताले धेरै कमाएका छन् । यी कम्पनीको मूल्य ६ प्रतिशत भन्दा धेरैले बढेको छ ।
दिनभरमा कुल ८६ करोड रुपैयाँको सेयर कारोबार भएकोमा नेपाल लाइफ इन्स्योरेन्सको मात्रै १० करोडको सेयर किनबेच भयो । यो बाहेक अन्य धेरै कारोबार हुने कम्पनीमा बाणिज्य बैंकहरुको बर्चस्व रह्यो । स्ट्याण्डर्ड चार्टर्ड बैंकको ६ करोड ३३ लाख रुपैयाँको सेयर किनबेच भयो भने नेपाल बंगलादेश बैंकको तीन करोड ६९ लाख एनएमबी बैंकको तीन करोड ४९ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।