१५ बैशाख २०७३, बुधबार

कोरियन भाषा परीक्षाको आवेदन खुला भएको छ । काठमाडौ उपत्यकाको पाँच स्थान र राजधानी बाहिर पाँच स्थानगरि देशभर १० स्थानमा आवेदन भर्न सकिने गरी रोजगार अनुमति प्रणाली ईपीएसले बुधवारदेखि फाराम संकलन सुरु गरेको हो ।

korea

डडेल्धुरामा आवेदन फाराम संकलन गर्नका लागि जिल्ला प्रशासन कार्यालयमा रहेको कर्मचारी मिलन केन्द्रमा केन्द्र तोकिएको छ । कोरियन भाषा परीक्षाको आवेदन फाराम भर्न बुधवारदेखि १८ गते सम्म ४ दिनको समय छुट्टयाइएको छ । केन्द्रबाट विहान ९ बजे देखि वेलुका ६ बजे सम्म फाराम संकलन गर्न सकिने बताइएको छ । परीक्षा दिने व्यक्ति आफै उपस्थित हुनुपर्ने ईपिएस कोरिया शाखाले जनाएको छ ।

वुटवलपछि पश्चिममा डडेल्धुरामात्रै आवेदन फाराम संकलन केन्द्र रहेकाले यहाँबाट बाके, कैलाली, कञ्चनपुर लगायत सुदुरपश्चिमका पहाडी जिल्लाका ३६८ युवाहरुले पहिलो दिन फारम भरेको टोली संयोजक जयदेव बिष्टले जानकारी दिनुभयो ।

नेपाल र दक्षिण कोरियाबीच रोजगार अनुमति प्रणाली ईपीएस मार्फत प्रशिक्षार्थी कामदार छनोट गर्न आगामी ४ र ५ गते असारमा परीक्षा लिइदैँछ ।  यसबर्ष नेपालले कृषितर्फ २ हजार १ सय जना र उत्पादन तर्फ १ हजार जनाको कोटा प्राप्त गरेको रोजगार अनुमति प्रणाली ईपीएसले जनाएको छ ।

 

 

LIVE TV