१५ बैशाख २०७३, बुधबार

काठमाडौँ, १५ वैशाख । विद्यार्थीको एक समूहले काठमाडौँ जिल्ला शिक्षा अधिकारी शङ्कर गौतमलाई आज कार्यालयमा दुव्र्यवहार गरेको छ ।
Sankar_2
कार्यालय आएका नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी निकट अखिल (क्रान्तिकारी)सम्बद्ध ती विद्यार्थी कार्यकर्ताले विवाद झिकी गौतमलाई कालोमोसोसहित हातपातको प्रयास गरेका थिए । सो सङ्गठनका अध्यक्ष पूर्णसिंह बराइलीले पूर्वयोजनाअनुसार घटना नभएको र यसबारे आफूहरुले थप कुरा बुझिरहेको बताउनुभयो ।

जिशिअ गौतमले राज्यको जिम्मेवारी लिई जनताको सेवा गर्न बस्दा तराईका जिल्लामा गोलीको समेत धम्की खेपेको जनाउँदै यस घटनालाई आफूले सामान्यरुपमा लिएको प्रतिक्रिया दिनुभयो ।

LIVE TV