१५ बैशाख २०७३, बुधबार

भक्तपुर । भक्तपुरको नगरकोट नगरपालिकास्थित मुहानपोखरीबाट चरेली खावा जाने ९ किलोमिटर लामो सडकलाई ‘सुरेन्द्रप्रताप शाह’ सडक नामकरण गरिएको छ ।

नगरकोटको विकासमा लामो समयसम्म योगदान दिएर केही महिना अघि मात्रै निधन हुनुभएका शाहको सम्मानमा स्थानीय जनताले यो सडकको नामकरण गरेको नगरकोट नाल्दुम पर्यटन विकास समितिका उपाध्यक्ष धनबहादुर लामाले जानकारी दिनुभयो । ‘सुरेन्द्रप्रताप शाह’

लामाका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीको १० वर्षसम्म भक्तपुर जिल्ला अध्यक्ष रहनुभएका शाहले विकासका काममा कुनै प्रकारको राजनीति नगरी योगदान दिएका कारण उहाँका नाममा सडकको नामकरण गरिएको हो ।

LIVE TV