१५ बैशाख २०७३, बुधबार

कुन्दुज, (अफगानिस्तान)। अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको चार्दर जिल्लामा लुकेर बसेका तालिवान आतङ्ककारीलाई लक्ष्यगरी अफगान सुरक्षाबलको विशेष इकाइले मङ्गलबार गरेको एक कारबाहीमा १० आतङ्ककारी मारिएका छन् ।
aaaa
यस कारबाहीमा कम्तीमा अन्य १० जना आतङ्ककारी पक्राउ परेका प्रान्तीय प्रवक्ता गुलाम हज्रात करिमीले बुधबार जानकारी दिनुभएको छ । सुरक्षा अधिकारीहरुका अनुसार चार्दर जिल्लाको हजाराता घोन्दी जिल्लामा भएको विशेष कारबाहीको क्रममा १० सशस्त्र आतङ्ककारी मारिनुको साथै अन्य १० पक्राउ परेका छन् ।

सो कारबाहीको क्रममा सुरक्षाबलले भारी मात्रामा हातहतियारसमेत कब्जा गरेको जनाइएको छ । यस अवधीमा सुरक्षाबलतर्फ भने कुनै हताहति नभएको जनाइएको छ । कुन्दुज प्रान्तमा सक्रिय रहेका तालिवान आतङ्ककारी समूहले भने यस कारबाहीको विषयमा कुनै टिप्पणी गरेका छैनन् । यसैबीच दक्षिणी अफगानिस्तानमा मङ्गलबार भएको एक हवाई आक्रमणमा अल कायदासँग आवद्ध एक आतङ्ककारी मारिएका छन् ।

LIVE TV