१५ बैशाख २०७३, बुधबार

काठमाडौं । पछिल्लो समय नक्कली नै नक्कली सामान देखी डाक्टरसम्म मात्रै रहेन्न अबदेशमा नक्कली इन्जिनियरको समेत बिगबिगी भएको छ । बुधबार महानगरीय अपराध महाशाखाको टोलीले तीन जना नक्कली इन्जिनियरहरु पक्राउ परेका छन् ।
इन्जिनियर
महानगरीय अपराध महाशाखाले बुधबार तीन जना इन्जिनियरलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा हितेश सिंह, किरण कुमार खत्री र सनत श्रेष्ठ छन् । इन्जिनियरीङ पास नै नगरी उनीहरुले लाइसेन्स लिएर काम गर्दै आएको खुलेको छ ।
नक्कली प्रमाणपत्र बनाई उनीहरुले लाइसेन्स लिएका थिए । नक्कली शैक्षिक प्रमाणपत्र बनाउने अंकित खड्कालाई पनि प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको अपराध महाशाखाका एसएस्पी सर्बेन्द्र खनालले बताए ।

LIVE TV