१५ बैशाख २०७३, बुधबार

भन्सार विभागले विराटनगर भंसार कार्यालयको लक्ष्य संसोधन गरी करिब ५ अरब ४१ करोड रुपैया थपेको छ ।  मधेस आन्दोलन र अघोषित नाकाबन्दीको बाबजुद विराटनगर भन्सार कार्यालयले विगत ९ महिनामा तोकिएको लक्ष्य भन्दा बढी भन्सार राजस्व संकलन गरेपछि लक्ष्य थपेको हो ।

birat bhansar

मुलुककै तेश्रो ठुलो भन्सार विराटनगर भन्सार कार्यालयलाई आर्थिक वर्ष ०७२÷७३ का लागि २० अरब ६८ करोड लक्ष्य तोकिएकोमा विगत ९ महिनामा १८ अरब ६० करोड रुपैया भंसार राजस्व उठाइसकेको छ । भंसार विभागले विराटनगर भन्सार कार्यालयलाई आँउदो तीन महिनाका लागि ५ अरब ४१ करोड रुपैया थप लक्ष्य दिएको हो । भंसार विभागले लक्ष्य थपेपनि भन्सार राजस्व संकलन गर्न नसकिने विराटनगर भंसार कार्यालयले जनाएको छ ।

औद्योगिक वातावरण नियमित हुन नसकेको र अन्य भंसार कार्यालय समेत सुचारु भईसकेकाले थप लक्ष्य पूरा गर्न कठिनाई हुने विराटनगर भंसार कार्यालयका प्रमुख भंसार अधिकृत कृष्ण बस्नेतले जानकारी दिनुभयो ।

मधेस आन्दोलन र अघोषित नाकाबन्दीका क्रममा वीरगंज नाका बन्द भएको र अन्य नाकाका सामानहरु समेत यस नाका भएर आयात भएकाले भंसार राजस्व लक्ष्य संकलन गर्न सकिएको बस्नेतले बताउनु भयो ।

विराटनगर भंसार कार्यालय अघोषित नाकाबन्दी र मधेस आन्दोलनका क्रममा १५ दिन बन्द भएको थियो। विराटनगर भंसार कार्यालयले भदौ र असोज महिनामा भने मासिक लक्ष्य समेत पूरा गर्न सकेको थिएन ।

 

 

LIVE TV