१५ बैशाख २०७३, बुधबार

डोल्पा । डोल्पामा यातायातको मुख्य साधनका रुपमा रहेको जुफाल विमानस्थलको हवाई सेवा दुई दिनदेखि प्रभावित भएको छ । वैशाख पहिलो हप्तादेखि देखिएको धुवाँजस्तो देखिने तुँवालोको कारणले दुई दिनदेखि हवाई सेवा प्रभावित भएको हो ।
तुँवालोले
नेपालगन्ज डोल्पाको बीच हवाई मार्गमा धुवाँजस्तो देखिने तुँवालोले मार्ग बन्द भएपछि हवाई सेवा प्रभावित भएको तारा एअरका कर्मचारी लङ्क भण्डारीले जानकारी दिनुभयो ।

तुँबालोको कारणले दई दिनमा पाँचदेखि सात वटासम्म उडान रद्द भएको भण्डारीले बताउनुभयो । तुँवालोले आज दिउँसोसम्म पनि विमानस्थल छोपेकाले बिहीबार पनि उडार रद्द हुने सम्भावना कम रहेको उहाँले बताउनुभयो । उडान नभएपछि यात्रुलाई आवतजावत गर्न असहज भएको छ ।

LIVE TV