१५ बैशाख २०७३, बुधबार

गौशाला। पेट्रोल पम्पमै डिजेल र पेट्रोलमा ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । PETROL

महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–५ स्थित न्यू विकास आयल स्टोर्समा डिजल र पेट्रोल बिक्री गर्ने क्रममा नापतौलमा कमी दिने गरेको आरोपमा प्रहरीले सो पम्पका कामदार मनोज साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक जनक भट्टराईले बताउनुभयो ।

बिहान महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी किरण थापाको नेतृत्वमा प्रहरी समेतको टोलीले सो पम्पमा डिजेल, पेट्रोल बिक्री गर्ने पम्पबाट डिजेल पेट्रोल नाप गर्दा पाँच लिटर डिजेलमा ८० मिली लिटर डिजेल कम भएको र पाँच लिटर पेट्रोलमा १७५ मिली लिटर पेट्रोल कम भएको पाइएको थियो ।

LIVE TV