१५ बैशाख २०७३, बुधबार

काठमाडौं,आयोजीत एक कार्यक्रममा दुर्गीस फिल्मस्को ब्यानरमा वर्ष २०७३मा तीन वटा फिल्महरु निर्माणको घोषणा गरीएको छ । उक्त आयोजीत कार्यक्रममा ‘सायद २’ सँगै थप दुई फिल्म ‘लाउरे’ र ‘लभ नम्भर’ को निर्माण पक्षले निर्माणको घोषणा गरेका हुन् ।

07
फिल्म ‘सायद २’लाई पुष्पराज न्यौपानेले निर्देशन गर्नेछन् । फिल्मको सुटिङ यहि बैशाख बाट हुने भएको छ । ‘सायद २’ फिल्ममा अमृत ढुङगाना,सुशिल श्रेष्ठ,कुशल पाण्डे,रुवीन श्रेष्ठ,नीशा कार्की,स्यारोन श्रेष्ठ,सुसिल सिटौला लगाएतका कलाकारहरुको अभिनय रहनेछ । नायक सुसिल श्रेष्ठले होस्टेल रीटन्र्स फिल्ममा पनि काम गरीसकेका छन् । कार्यक्रममा उपस्थित भएको नायक श्रेष्ठले पहिले काम गरेका फिल्म होस्टेल रीटन्र्स फिल्ममा भन्दा बढि मेहनत गर्ने बताएका छन् ।
04
त्यस्तै ‘सायद २’फिल्मलाई निर्देशन गर्न लागेका निर्देशक पुष्पराज न्यौपानेले पनि आफुले सिकेको ज्ञान र अनुभवलाइ फिल्ममा प्रयोग गर्ने बताए ।

त्यस्तै अर्को नयाँ प्रोटेक्ट रहेको ‘लाउरे’लाई नीगम श्रेष्ठले निर्देशन गर्ने भएको छन् । निर्देशक श्रेष्ठले छड्के फिल्मलाई निर्देशन गरेका थिए । त्यसपछि निर्देशक श्रेष्ठले ‘लाउरे’फिल्मबाट निर्देशनमा कमब्याक गर्न लागेका हुन् । फिल्ममा बिक्रम सिंह र सलीनमान बानीयाले लीड रोलमा अभिनय गर्नेछन् ।
‘लाउरे’फिल्मको निर्माताको रुपमा बुद्धिलाल मगर रहेका छन् । नरेन्द्र मैनालीको सिनेमाटोग्रफि रहनेछ । फिल्मको सुटिङ भने असार २३ गतेबाट सुरु हुनेछ । ‘लाउरे’फिल्मका डेब्यु नायक बानीयाले अभिनयमा मेहनत गर्ने बताए ।

दुर्गीस फिल्मस्को ०७३ को अन्तीम प्रोजेक्ट रहेको ‘लभ नम्भर’लाई केशब पाण्डेले निर्देशन गर्ने भएका छन् । यस फिल्मको लागी भने दुर्गीस फिल्मस्ले भने मनोज अधिकारी सँग टिमअप गरेका छन् । फिल्मको शुटिङ अष्ट्रेलीयामा गरीनेछ । माघको ५ गते बाट सुटिङ सुरु हुने फिल्म ‘लभ नम्भर’को कलाकारहरु भने तय गरीएका छैनन् ।
निर्माता सुनिल रावलले निर्माण गर्न लागेका यि तिनै फिल्महरुमा सुसवास लामीछाने र ईशवर श्रेष्ठले सहकार्य गर्ने भएका छन् । अभिनेता तथा निर्माता सुनिल रावलले कम्पनीले बर्षको तीन स्तरीय फिल्महरु निर्माणको योजना बनाएको बताए ।
कार्यक्रममा उपस्थित चलचित्र बिकास बोर्डका अध्याक्ष राजकुमार राई,गोपाल कायस्थ, निर्माता केशब भट्टराइ लगाएतले शुभाकामना पनि दिएका थिए ।

निर्माण हुन लागेका तीनै वटा फिल्महरुको बितरण भने डिसिएनले नेपालभरी बितरण गर्ने भएको छ ।

06

0

01

LIVE TV