१४ बैशाख २०७३, मंगलवार

अमेरिकी राष्ट्रपति बाराक ओबामासहित बेलायत, फ्रान्स, जर्मनी तथा इटालीका नेताले सिरियामा जारी युद्ध बिरामको पूर्ण पालना गराउन पहल गरेका छन् । संघर्षरत पक्ष र सरकारी पक्षसँग युद्ध विरामको पालना गर्न उनीहरुले अपिल गरेका छन् ।

sy

जर्मनीको हनोफरमा अमेरिकी राष्ट्रपति ओबामा तथा बेलायत, फ्रान्स, जर्मनी तथा इटालीका नेताबीच भएको भेटवार्तापछि ओबामासहितका नेताले सिरियामा संघर्षरत सबै पक्षलाई युद्ध विरामको पालना गर्न आग्रह गरेका हुन् ।

सिरियामा अहिले अल्पकालिन युद्ध विराम लागु भएको छ । तर सरकारी तथा विपक्षी दुवै पक्षले हिंसात्मक आक्रमण रोकेका छैनन् । दुवै पक्षले एकअर्कामाथि युद्ध विराम तोडेको आरोप लगाउने गरेका छन् । संयुक्त राष्ट्रसंघको मध्यस्थतामा शान्तिवार्ता गर्नका लागि अल्पकालिन युद्ध विराम लागु भएपछि सिरियमा हिंसा केही कम भएको छ ।

तर एलेप्पो शहरमा पछिल्लो समय फेरि युद्ध भएका छन् । यसक्रममा सरकारी सेनाको आक्रमणमा परि १८ जनाको ज्यान गएको खबर छ । यस्तै सरकारी सेनाको नियन्त्रणमा रहेको क्षेत्रमा बिद्रोहीले गरेको रकेट आक्रमणमा परि १४ जनाको ज्यान गएको छ ।

यसले गर्दा अल्पकालिन युद्ध विराम भंग हुने अवस्थामा पुगेको छ । तर अमेरिकासहितका पश्चिमा देशका नेताले युद्ध विरामलाई कायम राखेर शान्तिवार्ता गराउन प्रयास गरेका छन् ।

 

LIVE TV