१४ बैशाख २०७३, मंगलवार

काठमाडौँ, चन्द्रागिरि नगरपालिकामा व्यवसाय दर्ता नगरिकन मासु पसल सञ्चालन गरेको पाइएको छ ।

mm
नगरपालिकाले आज गरेको स्थलगत अवलोकनको क्रममा व्यवसायीले दुषित मासु बिक्रीवितरण गर्ने गरेको, मासु काट्ने हतियार र फ्रिजको सरसफाइमा ध्यान नदिने गरेको पाइएको हो । नगरपालिकाका गुर्जुधारा, थानकोट, चेकपोस्टलगायतका स्थानमा सात दिनभित्र व्यवासाय दर्ता गर्न र १५ दिनभित्र सरसफाइका सबै उपाय अवलम्बन गर्न सम्बन्धितलाई निर्देशन दिइएको कार्यकारी प्रमुख गोविन्दप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

यस्तै मासु पसलमा तौल गर्ने मेसिन समेत चुस्त दुरुस्त अवस्थामा नपाइएको नगरपालिकाले जनाएको छ । “तत्काल गल्ती सच्याउन आग्रह गरेका छौँ, अटेर गर्नेलाई कानुनअनुसार कारबाही हुन्छ” उहाँले भन्नुभयो ।

व्यवसाय दर्ता नगरिकन पसल सञ्चालन गरे रु ५०० देखि रु १५ हजारसम्म जरिवाना गर्न सक्ने कानुनी प्रावधान रहेको छ । रासस

 

LIVE TV