१४ बैशाख २०७३, मंगलवार

कृषि मन्त्री हरिवोल गजुरेलले नेपालको कृषि प्रणालीलाई आधुनिकीकरण बनाउनु पर्ने जोड दिनु भएको छ । उहाँले किसानहरुलाई पेन्सन दिने कार्यमा सरकारले अध्ययन गरिरहेको  जानकारी दिदै मुलुकलाई आत्मनिर्भर बनाउन कृषि क्षेत्रलाई नै प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

kirsi mantri

मंगलवार राजधानीमा आयोजित एक कार्यक्रममा कृषि मन्त्री गजुरेलले नेपालको कृषि प्रणालीलाई आधुनिकीरण बनाउनु पर्ने र कृषि प्रणालीलाई व्यवसायिक रुपमा लान सके नेपालको कृषि क्षेत्रमा विकास हुन समय नलाग्ने बताउनुभयो । कृषिमा उपयोग हुने यन्त्रहरुको नेपालमा नै उत्पादन गर्न सकेमा कृषि क्षेत्रमा विकास थप टेवा पुग्ने उहाँको निष्कर्ष छ ।

किसानहरुलाई पेन्सन दिन सकेमा कृषकहरुको मनबोल बढ्ने र त्यस्ले मुलुकको समग्र कृषि उत्पादनमा नै थप टेवा पुग्ने मन्त्री गजुरेलको ठहर छ । उहाँले कृषकलाई दिइने पेन्सनलाई चारवर्ग लानुपर्नेमा विषयमा अध्ययन भइरहेको समेत बताउनुभयो । कृषि मजदुर, सिमान्त किसान, व्यवसायी किसान, मध्यम किसानको बर्गमा छुट्याएर पेन्सन दिनु पर्ने उहाँको भनाई छ । मन्त्री गजुरेलले वैदेशिक रोजगारीका लागि पलायन भएका युवा वर्गहरुलाई स्वदेशमै रोकेर कृषि कर्ममा लगाउन सके कृषि उत्पादनमा सहयोग पुग्ने धारणा राख्नु भयो ।

 

LIVE TV