१४ बैशाख २०७३, मंगलवार

बैतडी । बैतडीको देउलेकमा लागलागी हुँदा करिब रु साँढे चार लाख बराबरको क्षति भएको छ ।

देउलेक गाविस वडा नं ८ र ९ को सिमानामा पर्ने चोर लुक्ने ठाउँमा रहेको करिब ३५ कुयुँ खरमा सोमबार साँझ आगलागी हुँदा उक्त क्षति भएको प्रहरी चौकी खोचेलेक–२ का प्रहरी सहायक निरीक्षक करनसिंह धामीले जानकारी दिनुभयो । पश्चिम नेपालका तराई र चुरे क्षेत्रमा बढी आगलागी2

वडा नं ८ र ९ को करिब १२ जनाको उक्त कुयुँमा खर रहेको प्रहरीले जनाएको छ । सो आगलागीमा परी एक जना बेउलेख–८ का २५ वर्षीया हेमन्ती भट्ट आगो नियन्त्रण गर्ने क्रममा जलेर घाइते हुनुभएको छ । उहाँलाई जिल्ला अस्पताल पठाइएको घटनास्थलबाट प्रहरी हवल्दार कर्णबहादुर बूढाले जानकारी दिनुभयो ।

आगलागी प्रहरी र स्थानीयवासी मिलेर नियन्त्रणमा लिएका छन् ।

LIVE TV