१४ बैशाख २०७३, मंगलवार

नवलपरासी । नवलपरासीमा पहिलोपटक रामग्राम नगरपालिकाले डिजिटल प्रविधिको नागरिक वडापत्र जारी गरेको छ । जिल्लामा रहेका सम्पूर्ण सरकारी कार्यालयमध्ये नगरपालिकाले पहिलोपटक डिजिटल प्रविधिको नागरिक वडापत्र जारी गरेको हो । bb

कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा सो नागरिक वडापत्रमा उल्लेख छ । डिजिटल प्रविधिको नागरिक वडापत्रले जनतालाई सहज सेवा लिन सहयोग मिल्ने अपेक्षा गरिएको रामग्राम नगरपालिकाका कार्यकारी अधिकृत रोशन ज्ञवालीले बताउनुभयो ।

LIVE TV