१३ बैशाख २०७३, सोमबार

भक्तपुर । नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा भक्तपुरले मध्यपुर थिमि नगरक्षेत्रमा क्षयरोग मुक्त बनाउने अभियान सुरु गरेको छ ।

मध्यपुर थिमि नगरपालिकासँगको सहकार्यमा संस्थाले मध्यपुर थिमिलाई क्षयरोगविहीन नगरपालिका बनाउन अभियान सुरु गरेको हो ।संस्थाले क्षयरोगसम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेर अभियानको शुभारम्भ गरेको संस्थाका सभापति बाबुकाजी साछं श्रेष्ठले जानकारी दिए ।

मध्यपुर थिमि नगरपालिकाका सामुदायिक विकास अधिकृत तुल्सी तकोले नगरपालिका क्षेत्रलाई क्षयरोगमुक्त बनाउन नगरपालिकाले कार्यक्रम सञ्चालन गरेको जानकारी दिँदै नगरका बासिन्दाका लागि नगरपालिकाले स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको बताए । नगरपालिका क्षेत्रमा लुकेर रहेका क्षयरोगी बिरामीको खोजी सुरु गरिने संस्थाका सभापति श्रेष्ठले जानकारी दिए ।

LIVE TV