१३ बैशाख २०७३, सोमबार

विश्व औलो दिवस ‘सदाको लागि औलोको अन्त्य गरौँ’ भन्ने नाराका साथ आज सचेतनामूलक कार्यक्रम गरी मनाईं छ । विश्व स्वास्थ्य संगठनको निर्णय अनुसार हरेक वर्षको अप्रिल २५ तारिखलाई विश्व औलो दिवसका रुपमा मनाउने गरिएको छ । संगठनले सन् २०३० सम्ममा विश्वमा औलो रोगबाट हुने मुत्युलाई ९० प्रतिशतले घटाउने लक्ष्य लिएको छ ।

648x364_Mosquito Bite

नेपाल सरकारले भने सन् २०२५ सम्ममा औलो रोग मुक्त देश बनाउने लक्ष्य राखेको छ । सरकारले ६५ जिल्लालाई औलोको जोखिमयुक्त जिल्लाका रुपमा वर्गिकरण गरी रोग नियन्त्रणका लागि प्रयास गरिरहेको जनाएको छ । विशेषगरी तराईका जिल्लामा मात्रै देखिने यो रोग केही वर्ष यता पहाडमा पनि देखिन थालेको छ । मौसमी परिवर्तनसँगै लामखुट्टेले आफूलाई सक्रिय बनाउन थालेकाले पहाडी जिल्लामा पनि औलो रोगको खतरा बढेको हो । यस्तै नेपाल र भारतको खुला सीमाका कारण पनि औलोको खतरा धेरै भएको डाक्टरहरु बताउँछन् ।
भारतमा औलोको प्रकोप हरेक वर्ष जस्तो फैलने गरेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार खुला सिमानामा रक्त परीक्षण गर्ने व्यवस्था नभएकाले भारत गएकाहरु घर फर्कदा उनीहरुको परिवारलाई पनि रोग सर्ने गरेको पाइएको छ । औलो रोग लामखुट्टेको टोकाइका कारण रगतको माध्यममार्फत एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ । ज्वरो आउने, बान्ता हुने, जोर्नीहरु दुख्ने, असजिलो महसुस हुने जस्ता औलोका लक्षण हुन् । यस्ता लक्षण देखिए तुरुन्त स्वास्थ्य जाँच गराउनुपर्छ । औलो रोगको उपचार र रोकथाम सम्भव छ ।
औलो रोगको औषधि सबै स्वास्थ्य संस्थामा निःशुल्क पाइन्छ । औलोबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनु पर्छ । घर वरिपरिको खाल्डाखुल्डी पुरे, झूल टाँगेर मात्र सुते र पूरा बाउला भएको लुगा लगाए यो रोगबाट बच्न सकिने चिकित्सकहरुले बताएका छन् ।

LIVE TV