१३ बैशाख २०७३, सोमबार

काठमाडौं–सेनाको हेलिकप्टरबाट आइतबार बिहान ११ वने बारपाक ओर्लिएकी राष्ट्रपति विद्यादेवी भण्डरीलाई स्थानियले भव्य स्वागत गरेका थिए ।हिमालय उमावि मास्तिरको फुटबल मैदानमा बनाइएको हेलिप्याडबाट मञ्चसम्म आउने क्रममा स्थानियले फूलमालासहित उनको स्वागत गरेका थिए ।

मञ्चमा करिब पाँच मिनेट बिताएकी उनले बारपाक ४ का भूकम्पपीडित गोपाल विकको घर पुननिर्माणको शुभारम्भ गरिन् । विकको घर पुनर्निर्माण शुभराम्भ गर्न करिब १० मिनेट स्वस्तिवाचन गरिएको थियो । तर, राष्ट्रपति भण्डारीले बारपाकीलाई सम्बोधन गरिनन् । राष्ट्रपतिले केही पनि नबोलेपछि बारपाकी आक्रोशित भएका छन् ।

सान्त्वनासहितको पुननिर्माणका केही गतिविधि र आश्वासनसहित सम्बोधन हुने अपेक्षा रहे पनि राष्ट्रपतिबाट सम्बोधन नभएपछि बारपाकी आक्रोशित भए । राष्ट्रपतिले सम्बोधन नगरेपछि स्थानीय महिलाहरु सिडिओ नारायण प्रसाद भट्टमाथि खनिएका थिए । आक्रोशित महिलाले राष्ट्रपतिलाई किन बोल्न नदिएको भन्दै झन्डै हातपात गरेका थिए ।

माथिको व्यवस्था भन्दै सिडिओ पन्छिएका थिए । भूकम्पको पीडामा बाँचेका बारपाकीलाई सान्तवना दिने गरी राष्ट्रप्रमुखबाट केही सम्बोधन होला भन्ने अपेक्षा थियो, तर केही बोल्नुभएन, त्यसबाट बारपाकी आक्रोशित र निराश भएका छन्,’ स्थानीय सुकबहादुर विकले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

LIVE TV