
नेपाल प्रहरीले आफ्नो कर्मचारीलाई पोसाकको सट्टा नगद नै दिने प्रस्ताव गरेको छ ।
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले शनिवार अर्थ मन्त्रालयका अधिकारीहरुसँगको छलफलमा यस्तो प्रस्ताव गरेका आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
पोसाक खरिदमा सधैँ विवाद हुने, विभिन्न समस्याका कारण समयमा किन्न पनि नसकिने भएकाले प्रहरीलाई नगद नै दिने र उनीहरुले नै संगठनले तोकेको डिजाइन र गुणस्तरको पोसाक खरिद गर्ने प्रस्ताव अर्यालले गरेका हुन् । अर्थ मन्त्रालय पनि यसमा सकारात्मक छ ।
आगामी आर्थिक वर्षदेखि नै लागू हुने गरी पोसााक भत्ता दिने प्रस्ताव प्रहरीको छ । हरेक वर्ष पोसाक किन्दा फरक फरक देखिने उदाहरण दिँदै अर्यालले नगद नै दिँदा अनियमितता पनि रोकिने र पोसाकमा पनि एकरुपता आउने बताए ।