१३ बैशाख २०७३, सोमबार

विशेष अदालतले भ्रष्टाचार अभियोगमा पक्राउ पत्रकार कनमणि दीक्षितलाई दस दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अख्तियारलाई अनुमति दिएको छ ।

अख्तियारले हिरासतमा राखेर अनुसन्धानका लागि एक महिनाको समय मागे पनि विशेष अदालतले दस दिनको मात्रै अनुमति दिएको हो ।

विशेष अदालतका अध्यक्ष मोहनरमण भट्टराई, सदस्यहरु प्रभा बस्नेत र महेशराज पुडासैनीको इजालसले वैशाख १० बाट लागू हुने गरि यो अनुमति दिएको हो ।

kanak mani

दीक्षितको मुद्दामा अख्तियारका तर्फबाट सरकारी वकिल र अख्तियारका वकिलले बहस गर्ने भएका छन् भने दीक्षितका तर्फबाट अधिवक्ताहरु सतिसकृष्ण खरेल, शम्भु थापा र गोबिन्द बन्दी लगायतले बहस गर्दैछन् ।

दीक्षितसँग अख्तियारले उनका कानुन व्यवसायीलाई भेट्न नदिएकोमा विशेष अदालतले भेट गर्न दिन पनि आदेश दिएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

 

LIVE TV