१२ बैशाख २०७३, आईतवार

लुम्बिनीमा हजारौ द्धीप प्रज्ज्वलन गरेर भूकम्पमा ज्यान गुमाएकाहरुको आत्माको चीर शान्तिको कामना गरियो, नेपालमा फेरि विपत्ति नआओस भन्ने प्रार्थना

गत बर्ष बैशाख १२ गते गएको महाविनाशकारी भूकम्पमा परी ज्यान गुमाउने स्वदेशी एबं बिदेशीहरुको संझनामा आईतबार बुद्ध जन्मस्थल लुम्बिनीमा शान्तिको कामना गरिएको छ । लुम्बिनीमा अवस्थित बिभिन्न स्वदेशी तथा बिदेशी गुम्बा बिहारका भिक्षुहरुले आ आप्mनो देशको भाषा अनुसार बौद्ध परीत्राण पाठ गरी भुकम्पमा परी ज्यान गुमाउनेहरुको चीर शान्तिको कामना गरे भने भुकम्पमा परी घाईते भएकाहरुको  स्वास्थयलाभको कामना गरिएको थियो ।

लुम्बिनी विकाश मायादेबी मन्दिर पश्चिम पट्टी पबित्र कुन्ड नजिकै बोधी बृक्षको काखमा बिहान १० बजे देखि सुरु भएको कार्यक्रममा कम्प गएको समय ११ बजेर ५६ मिनेटमा सबैले एक मिनेट मौन धारणा गरेका थिए । अन्तर्राष्ट्रिय बौद्ध समाजका अध्यक्ष एबं लुम्बिनी बिकाश कोषका आध्यातिमक सल्लाहकार भिक्षु मैत्रेय महास्थबिरको नेतृत्वमा अन्य स्वदेशी तथा बिदेशी भिक्षुहरुले बिशेष पाठ गरी मृतआत्माको चिर शान्तिको कामना सहित अब यस्ता प्राकृतिक बिपत्ती नेपालमा नआओस भनेर प्रार्थना समेत गरेका थिए ।

सो क्रममा लुम्बिनी बिकाश कोषका सदस्य सचिब अजित मान तामांगले गत बर्षको भुकम्पले देशको सबै क्षेत्र क्षत बिक्षत बनाएको उल्लेख गर्दै भुकम्प पीडितहरुका लागि लुम्बिनी भित्रका बिभिन्न बिहार,लुम्बिनी बिकाश कोष,लुम्बिनीका होटल ब्ययबसायी,स्थानीय बासिन्दाहरुले सक्दो राहत सामग्री भुकम्प पीडितहरुलाई प्रदान गरी  अमुल्य सहयोग गरेको जनाए ।

कार्यक्रम आयोजक सस्था लुम्बिनी होटल कासाईका अध्यक्ष तोकुसीन कासाईले  जापानबाट सन्देश पठाई सुन्दर हिमालय र बुद्धको देश नेपालमा गत बर्ष बैशाख १२ का दिन गएको महाबिनाशकारी भुकम्पबाट ज्यान गुमाएका सबैको आत्मशान्तिको कामना गरे ।

शान्ति कामना कार्यक्रममा लुम्बिनीको प्रचारक एबं अभियन्ता चेतन पन्त,होटल कासाईका प्रतिनिधी सोकाईडामा लगायतले भुकम्पको बारेमा चर्चा गर्दै अब यस्तो प्राकृतिप बिपत्ति नेपालमा कहिले नआओस भन्दै प्रार्थना  गरेका थिए । यस्तै साँझ मायादेवी मन्दिरमा भूकम्पमा परि दिवंगतहरुको चीर शान्तिको कामना गर्दै द्धीप प्रज्ज्वलन गरिएको थियो ।

 

 

 

 

LIVE TV