
महाविनाशकारी भूकम्पका कारण ज्यान गुमाएकाहरुको आत्माको चीरशान्तिको कामना गर्दै राजधानीका विभिन्न स्थानमा स्मृतिसभाहरुको आयोजना गरिएको छ ।
यस्तै भूकम्पमा परि ज्यान गुमाएकाको सम्झना तथा श्रद्धाञ्जलिका लागि काठमाडौंको दिपज्योती माध्यमिक विद्यालय र गँगबुचोकमा पनि स्मृतिसभा आयोजना गरिएको छ ।
महाविनाशकारी भूकम्पमा ज्यान गुमाएकाहरुको श्रद्धान्जलि अर्पण गर्न भन्दै स्टेप्स फाउण्डेसनले दिपज्योती माध्यमिक विद्यालय परिसरमा स्मृतिसभाको आयोजना गरेको हो । लामागुरुहरुको सहभागितामा धार्मिक मान्यता अनुसार मैनबत्ति बालेर प्रार्थना गरिएको थियो । भुकम्पमा ज्यान गुमाएकाहरुको आत्माको चिरशान्तिका साथै मुलुकमा पुनः यस्तो विपत्ति नदोहोरियोस भन्ने कामनाका साथ कार्यक्रममा सहभागी भएको सर्वसाधारणको भनाई छ
स्मृतिसभामा सरकारका तर्पmबाट मन्त्री, पूर्व गृहमन्त्री बुद्धिमान तामाङ,बौद्धमार्गीका लामागुरुहरु लगायत तामाङ समुदायका नागरिकहरुले मैनबत्ति बालेर ज्यान गुमाएकाहरुको स्मरण गरेका थिए । यसैगरी होटल व्यवसायी संघले पनि गोंगबुचोकमा बार्षिक स्मृतिसभाको आयोजना गरेको छ । सरकारका तर्फबाट गृहमन्त्री शतिmबहादुर बस्नेत सहभागी भएको सभामा व्यवसायीहरुले पुननिर्माणको महाअभियानसँगै आफुहरुलाई पनि सरकारले हेरिदिनुपर्ने आवाज उठाएका छन ।
गोंगबुक्षेत्रमा भुकम्पले धेरै घरहरु तहसनहस पारेको र दुईसयभन्दा बढी मानिसको ज्यान गएको होटल व्यवसायी संघले जनाएको छ ।