१२ बैशाख २०७३, आईतवार

प्रधानमन्त्री ओलीद्धारा सिन्धुपाल्चोकमा स्थानीयवासीको घरको शिलान्यास, पुनर्निर्माण नसकिएसम्म सरकार नथाक्ने, भूकम्प नै वर्तमान सरकारले बोकेर ल्याइदिएको झै व्यवहार गरेको गुनासो

pm v

भूकम्पको ठीक एक वर्षपछि सिन्धुपाल्चोक जिल्लामा पुननिर्माणको अभियान सुरु भएको छ । सिन्धुपाल्चोकको तिनै क्षेत्रमा एकै पटक स्थानीयवासीको घर पुनर्निर्माण गर्दै अभियानको आरम्भ गरिएको हो ।

मानवीय र भौतिक हिसाबले सबैभन्दा बढी क्षति भएको सिन्धुपाल्चोकमा एक वर्षपछि मात्रै पुन निर्माण सुरु भएपछि स्थानीयले अब घर निर्माण हुने आशा गरेका छन् । सिन्धुपाल्चोकमा आइतबार भुकम्प गएको समय ११ बजेर ५६ मिनेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले चौतारा नगरपालिका ३ स्याङबो टोलबाट पुन निर्माणको सुरुवात गर्नु भएको थियो । प्रधानमन्त्री ओलीले स्याङबो टोलका स्थानीय सर्बे तामाङको घर शिलान्यास गरेर पुनर्निर्माणको सुरुवात गर्नुृ भएको थियो । त्यस्तै क्षेत्र नम्बर १ को कर्थली गाविसमा सासंद मोहनबहादुर बस्नेत र क्षेत्र नम्बर ३ मा सासंद शेरबहादुर तामाङले सोही समयमा पुननिर्माणको सुरुवात गर्नु भएको थियो ।

चौतारामा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले एकल महिला यदुमाया घोरासैनीलाई घर निर्माणको सम्झौता पत्र हस्तान्तरण गर्नुभएको थियो । क्षेत्र नम्बर २ का सभासद एवम वन मन्त्री अग्नि सापकोटा र सासंद अमृतकुमार बोहरा पनि कार्यक्रममा सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा प्रधानमन्त्री ओलीले ढिलै भएपनि पुनर्निर्माण सुरु भएकाले अब जनताको घर नबन्दा सम्म अभियान नरोकिने प्रष्ट पार्नुभयो । उहाँले अब शिलन्यास मात्रै नभई घर पनि पुन निर्माण हुने बताउँदै केही मान्छेहरुले भुकम्प नै यही सरकारले बोकेर ल्यादिएको जस्तो व्यवहार गरेको गुनासो गर्नुभयो । नाकाबन्दी,पुननिर्माण प्राधिकरण गठनमा ढिलाई लगायतका कारणले पुन निर्माण ढिलाई भएको प्रधानमन्त्री ओलीको प्रष्टोक्ति थियो ।

पुननिर्माण सम्बन्धी विद्येयका पारित गर्न नै बढी समय लागेको र केही दलहरुले त्यसलाई अवरोध गरेकाले पनि पुनर्निर्माणमा ढिलाई भएको प्रधानमन्त्री ओलीको जिकिर थियो । भुकम्पपछि दात्तृ निकायहरुको सम्मेलन गरेर पुन निर्माणका लागि बजेट संकलन भएपनि दाता सम्मेलनमा कबुल गरेको रकम अझै नआएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । ४ खर्बको प्रतिबद्धता भएपनि अहिले जम्मा १ खर्ब ३० अर्ब मात्रै संकलन भएको ओलीले जानकारी दिनुभयो ।

 

 

LIVE TV