१२ बैशाख २०७३, आईतवार

चर्चित फिल्म ‘क्याराभान’ का नायक थिन्ले लोन्डुपको निधन भएको छ । माथिल्लो डोल्पाका अगुवा समाजसेवी समेत रहेका थिन्लेको आज निधन भएको हो ।

thinle

विश्वचर्चित चलचित्र हिमालयन क्याराभानमा गरेको जीवन्त अभिनयबाट उनी चर्चित बनेका हुन् । यो चलचित्र माथिल्लो डोल्पाको जीवनशैलीमा आधारित रहेर फ्रान्सेली चलचित्र निर्देशक एरिक भ्याली ले निर्माण गरेका हुन् ।

माथिल्लो डोल्पामा जन्मेका थिन्ले पछिल्लो समय उनी केही म्यूजिक भिडियोमा देखा परेका थिए । चलचित्रमा देखिनुपूर्व उनी साल्दाङ गाविसको अध्यक्षमा निर्वाचित भै काम गरेका थिए ।

पछिल्लो समय डोल्पा सदरमुकाम दुनैमा बसोबास गरिरहेका ठिन्ले पेटको क्यान्सरबाट पीडित भएपछि राजधानी र डोल्पा धाउने गरिरहेका थिए ।

LIVE TV