१२ बैशाख २०७३, आईतवार

प्यूठान, मच्छीमा भएको आज अपराह्न भएको जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

pyuthan
बागदुलाबाट खुङ जाँदै गरेको जिप ओखरकोट–६ लामासेरामा दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रञ्जीतसिंह राठोरले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा खुङ–७ का ४५ वर्षीय जनक जिसी र ४६ वर्षीय जगत जिसी रहेको प्रजिअ रामबहादुर कुरुङवाङले जानकारी दिनुभयो ।

दुर्घटनामा परी नौ जना घाइते भएको र उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको स्थानीय शिक्षक नारायण जिसीले बताउनुभयो ।

चालकको अनुभवको कमी र दुर्घटनास्थल उकालो भएकाले दुर्घटना भएको अनुमान गरिएको छ । रासस

 

LIVE TV