१२ बैशाख २०७३, आईतवार

इनरुवा, सुनसरीको जल्पापुर गाविसमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
को२त १७५८ नं को ट्र्याक्टर खेत जोत्नको लागि फलामको हलो जडान गरी इनरुवातर्फ आउँदै गरेको अवस्थामा अनियन्त्रित भई नहरमा पल्टँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सोही ट्र्याक्टरका मालिक तथा चालक जल्पापुर–१ का ५५ वर्षीय पुरन सरदार रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका सरदारको नोबेल अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

 

LIVE TV