१२ बैशाख २०७३, आईतवार

काठमाडौँ, झण्डै २ सय ओटा वेवसाइट ह्याक गरेको अभियोगमा एक युवा पक्राउ परेको घटना सेलाउन नपाउँदै फेरि इमेज च्यानलको फेसबुक पेज ह्याक गरेको अभियोगमा नेपालगञ्जमा ताजा मिडिया संचालन गर्दै आएका प्रेम बहादुर बिक पक्राउ परेका छन् ।

pakrau-Murder_Case_Bardiya_699001956 (1)

इमेज च्यानलको पेज ह्याक गरेको अभियोगमा बर्दीया देउडाकला–३ माछाकला घर भई नेपालगंज–२ बाँके बस्ने ताजा मिडियाका संचालक २८ बर्षीय प्रेम बहादुर वि.क.लाई प्रहरीले पक्राउ गरेको हो।

च्यानलको फेसबुक पेज मध्ये इमेज खबर पेजमा हाम्रा Viewers माझ अन्यन्त लोकप्रिय रहेको र उक्त पेजको करीव १५ लाख भन्दा बढी लाईक रहेकोमा अज्ञात व्यक्तिले उक्त पेज ह्याक गरी अर्को पेजमा मर्ज गरेको हुदाँ आवश्यक कानूनी कारवाही गरी पाउ भनी महानगरीय अपराध महाशाखामा उजुरी दिएपछि खटिएको प्रहरीले वि.क.लाई पक्राउ गरी आइतबार महाशाखामा ल्याएको हो ।

प्रहरीले वि.क.को साथबाट २ थान ल्यापटप र २ थान मोवाइल समेत बरामद गरेको छ ।

प्राप्त सवुत प्रमाणको Analysis र Technical Intelligence को माध्यमबाट अनुसन्धान गर्दै जाँदा Channel को उक्त पेज ह्याक गरी नयाँ फेसबुक पेज viralkhabar बनाई संचालनमा ल्याएको फेला परेको थियो । वि.क. उपर बिद्युतीय कारोवार ऐन अन्तर्गत थप अनुसन्धान भइरहेको छ । ।

 

LIVE TV