१२ बैशाख २०७३, आईतवार

साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्जमा ८५ करोडभन्दा माथिको शेयर कारोबार भएको छ । दिनभरिमा १ सय २० वटा कम्पनिको १० लाख ६१ हजार ८ सय ३५ कित्ता शेयर ३ हजार ६ सय ४१ पटक खरिदविक्रि हुँदा कुल ८५ करोड ९३ लाख ६ हजार ७९ रुपैँयाको कारोबार भएको हो ।

NEPSE HIGH

नेप्से परिसूचक १२ दअमलव ६८ अंकले बढेर १हजार ४सय ५४ दशमलव ३५ अंकको नयाँ विन्दुमा पुगेर आइतबारको कारोबार बन्द भएको हो ।

पुजी बजारले १ हजार ४सय५० अंक पार गरेको छ । बजार बढ्ने क्रमलाई दोहोर्याउदै आइतबार बजार १२ अंकले बढेर नेप्से १हजार ४सय ५४ अंकमा पुगेर बन्द भएको छ । बजार बढाउन बाणिज्य बैंकहरुको सेयरले प्रमुख भुमिका खेलेका छन् । बाणिज्य बैंक समूहको सूचक मात्रै १७ दअमलव ६६ अंकले बढेको छ ।

त्यस्तै उत्पादन मुलक समूहको सूचक ६९ दअमलव ८ अंकले र इन्स्योरेन्स समूहको सूचक १९ दअमलव ०८ अंकले बढेको छ ।

जम्मा ८५ करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएकोमा बाणिज्य बैंकहरुको मात्रै ५१ करोड रुपैयाँको किनबेच भयो । इन्स्योरेन्स समूहको ११ करोड ५० रुपैयाँको सेयर किनबेच भयो । कूल कारोबारमा तीन वटा बैंकको मात्रै करिब २० करोड रुपैयाँको सेयर किनबेच भयो । आइतबार गुमाउनेमा जलविद्युत र फाइनान्स समूहका लगानीकर्ता मात्रै छन् । नेपाल बंगलादेश बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र नविल बैंकको २० करोड रुपैयाँको सेयर कारोबार भयो ।

बंगलादेश बैंकको मर्जको हल्लाले करोबार निकै बृद्धि गराएको छ भने स्ट्याण्डर्ड चार्टर्डको बुक क्लोजले कारोबार माथि तानेको हो । बंगलादेशको सात करोड ८० लाख र ट्याण्डर्ड चार्टर्डको ६ करोड ८५ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

 

LIVE TV