१२ बैशाख २०७३, आईतवार

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लोकेन्द्रबहादुर चन्द उपचारका लागि अस्पताल भर्ना हुनुभएको छ ।

lokendra
स्वास्थ्यमा समस्या आएपछि पूर्वप्रधानमन्त्री समेत रहनुभएका राप्रपा अध्यक्ष चन्द गएराति बल्खुस्थित वयोधा अस्पताल भर्ना हुनुभएको हो । हर्नियासम्बन्धी समस्या देखिएपछि उपचारका लागि अध्यक्ष चन्दलाई अस्पताल भर्ना गरिएको उहाँका आफन्तले जानकारी दिएका छन् । चन्दको आजै शल्यक्रिया गरिने बताइएको छ ।

LIVE TV