१२ बैशाख २०७३, आईतवार

नेपाली नागरिकले कानूनतः अहिलेससम्म विदेशमा लागनी गर्न नपाउने व्यावस्था भए पनि विभिन्न माध्यमबाट यस्तो लगानी भने भइरहेको पाइएको छ ।

कतिपयले नेपालमै बसेर वैदेशिक पूँजी बजार र कमोडिटी बजारमा ओझै लगानी गरिरहेका छन् भने केहीले अन्तर्राष्ट्रिय बजारमा चल्ने सम्बन्धित बस्तुको मूल्यको आधारमा यहाँ बेटिङ कारोबार गर्ने गरेको पाइएको आजको आर्थिक अभियानदैनिकमा समाचार छ ।

विदेशमा लगानी गर्न प्रतिवन्ध लगाउने ऐन २०२१ अनुसार नेपाल सरकारले राजपत्रमा उल्लेख गरेको अवस्थामा मात्र निश्चित लगानीमा प्रतिवन्ध नलाग्ने व्यवास्था छ ।

एनले विदेशी सेक्युरिटी लगातका क्षेत्रमा किटान गरी लगानी गर्न नपाइने व्यवस्था गरेको छ । तर, नेपालबाट अमेरिका, सिंगापुरमात्र नभएर दुबईका स्टक तथा कमोडिटी बजारमा समेत लगानी हुने गरेको छ ।

‘अहिले सिंगापुरको शेयरबजारमा लगानीको अवसर देखिएकोले त्यहाँ लगान गर्ने सोच बनाउँदै छु’, काठमाडौंमै बसेर नलगानी गरिरहेका एक लागानीकर्ताले नाम उल्लेख नगर्ने शर्तमा भने । उनले विदेशमा रहेका आफ्ना छोराछोरीको आडमा विभिन्न देशका बजारमा लागनी गर्दै आएका छन् ।

 

LIVE TV