११ बैशाख २०७३, शनिबार

भारतीय दूतावासको आर्थिक सहयोगमा निमार्ण पूरा भएको ७ बर्ष पछि मात्र नवलपरासीमा पृथ्बी चन्द्र अस्पताल भवन औपचारिक रुपमा हस्तान्तरण गरिएको छ ।

२०६४ सालमा नेपाल स्थित भारतीय राजदूतावाससंग संझौता भई करिब ३ करोडको लागतमा अस्पतालको भवन निर्माण गरिएको थियो । निर्माण पूरा भएको ७ बर्ष पछि बल्ल भवनको औपचारिक रुपमा उद्घाटन साथै हस्तान्तरण गरिएको हो । अस्पतालको नव निर्मित भवन २५ शैया क्षमताको छ ।

भवनमा आबश्यक सबै खाले स्वास्थ्य सुबिधा दिन मिल्ने गरी करिब १२ वटा कक्ष निर्माण गरिएको छ । सो अवसरमा रामग्राम नगरपालिका परासीले अस्पताल बिकास समितिलाई भबन हस्तान्तरण गरेको हो ।

सो क्रममा अस्पतालको भवन निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने संघ संस्थाहरुलाई सम्मान गरिएको थियो ।

LIVE TV