११ बैशाख २०७३, शनिबार

काठमाडौं,  काठमाडौँ महानगरपालिका–१० बानेश्वर शान्तिनगर डेरा गरी वस्ने काभ्रे महादेवटार–३ घर भएका २० वर्षीय कर्साङ लामालाई प्रहरीले १ थान पेस्तोल र गोली ५ राउण्ड सहित शुक्रवार पक्राउ गरेको छ ।

GUN

लामाले अवैध रुपमा हातहतियार गोलीगठ्ठा लुकाई राखेको छ भन्ने सुचना प्राप्त भएपछि खटिएको प्रहरी टोलीले उनको कोठा खानतलासी गर्दा पलङको घर्राबाट उक्त हतियार र गोली वरामद भएको हो ।

म्याग्दी : दरवाङ गाविस स्थित गुफाटोल वस्ने ४८ वर्षीय खिमानन्द निउरेलाई प्रहरीले शुक्रबार १ थान भरुवा वन्दुक र कालो वारुद जस्तो

देखिने धुलो अन्दाजी २ सय ५० ग्राम तथा लिड सिसा अन्दाजी ५ सय ग्राम सहित पक्राउ गरेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LIVE TV