११ बैशाख २०७३, शनिबार

काठमाडौँ उपत्यकामा यात्रीलाई सहज आवगमनका लागि सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन भएको मेट्रो बसले सञ्चालनको एक महिनामा रु ७० लाख आम्दानी गरेको छ ।
METRO
गत चैत ५ गतेदेखि सञ्चालनमा आएको उक्त बसले आजसम्मा ३५ दिन पार गरिसकेको छ । अहिलेको अवधिसम्म आइपुग्दा राम्रो आम्दानी गरेको प्रालिका उपाध्यक्ष सन्तोष खतिवडाले जानकारी दिनुभयो ।

उहाँका अनुसार बसमा हाल सञ्चालनमा रहेका सबै बसमा इन्टरनेटको सुविधा छ । स्टेसन डिस्प्ले भने यात्रुलाई उपलब्ध गराउन सकिएको छैन । अबको केही दिनमा नै उक्त सुविधा समेत यात्रुले पाउने छन् ।
स्टेसन डिस्प्लेका कारण यात्रुले बस चढ्नका लागि एप्स हेरेर आउने समय पत्ता लगाई बस स्टपमा जान सक्ने हुँदा लामो समय खर्च गर्न नपर्ने प्रालिले बताएको छ ।

उनन्चालिस बसका लागि प्रालिले रु १६ करोडको लगानी गरेको छ । सबै बसले चक्रपथको परिक्रमा गरिरहेका छन् । बस सञ्चालमा आएपछि साना यातायातको साधनबाट हुने ट्राफिक जाम पनि कम भएको प्रालिको जिकिर छ । रासस

LIVE TV