११ बैशाख २०७३, शनिबार

गत वर्ष वैशाख १२ गतेको ‘गोरखा भूकम्प’पछि विस्थापित उत्तरी रसुवाका जनता अझै आफ्नो थातथलो फर्कन सकेका छैनन् ।
ut zlgjf/ uPsf] dxfe"sDkdf kl/ 3/jf/ ljlxg ePsf dxfb]j :yfg uf lj ; ( lxu'jf kf6L /ftdf6]sf Ps dlxg] ;'Ts]/L cfkmgf] eTs]sf] 3/df jRrf Rofk]/ 6f]nfpb}   . tl:a/ M k|bLk/fh jGt ÷/f;;
भूकम्पका कारण जिल्लाका ९९ प्रतिशत घर क्षति भएको र जमिन ठाउँ ठाउँमा चिरा परेको अवस्थामा रहँदा पनि हालसम्म ठोस रुपले भौगर्भिक अवस्था परीक्षण गर्न सकिएको छैन । अर्कातर्फ पटक पटक गएको परकम्पले पनि जनमानसमा बढी त्रास छाएको छ । हाकु गाविसका ९० प्रतिशत ग्रामीणवासी अझै पुख्र्यौली थलामा फर्कन नसकेको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताउनुभयो ।

भूकम्प गएलगत्तै डाँडागाउँ गाविस– ८ र ९ करुम्राङ एवम् हाकु गाविसका आठ वडाका बासिन्दा सुरक्षित ठाउँको खोजी गर्दै जिल्लाका धुन्चे, कालिकास्थान, लहरेपौवाको सातबिसे, बोगटीटार तथा नुवाकोटका सिम्मुटार लगायत शिविरमा आश्रय लिई रहे पनि हिउँदको हावाहुरीले शिविरका टहरा उडाउने समस्या बढ्दै गएको हाकुका विस्थापित निमदर्के तामाङले जानकारी दिनुभयो ।

भूकम्पपछि रसुवाका अधिकांश पानीका मुहान सुकेको, अस्थायी शिविरमा पानी र शौचालयको अभाव, बालबालिकाको अध्ययन, समय समयमा स्वास्थ्य परीक्षण जस्ता कार्यमा परेको समस्या समाधान गर्न विस्थापित परिवारले माग गरेका छन् ।

जमिन चिरा चिरा भएका ठाउँमा बसोबास गर्न उपुयक्त छ, छैन भन्ने भौगर्भिक अवस्था छिटो परीक्षण गराई आफ्नो थातथलोमा पुनर्वासका लागि आवास बनाउने वातावरण सिर्जना गरिदिन सरकार समक्ष आग्रह गर्दै हाकुका सेनवाङ्दी तामाङले शिविरमा बसी शरणार्थी जस्तो जीवन बिताउँदा बिहान बेलुका छाक टार्न गाह्रो परिरहेको बताउनुभयो । प्रायः सबैको आवाज छ, “आफ्नो थातथलो फर्की खेतीपाती गरी जीविकोपार्जन गर्न पाऊँ ।”

हाकु गाविसबाट ४०० भन्दा बढी र डाँडागाउँबाट २०० घर परिवार विस्थापित भई विभिन्न शिविरमा छरिएर बसेका छन् । एकै ठाउँमा शिविर नहुँदा छरिएर बसेका मानिसले राहत पाउनबाट छुटेका छन् । राहत वितरण गर्न पुगेका विभिन्न संस्थाले झुरुप्प भएको शिविरमा मात्र ध्यान पु¥याउँदा कतिपय विस्थापितप्रति अन्याय भएको विस्थापित परिवारको भनाइ छ ।

लाङटाङ सहज
लाङटाङ गाविसका बासिन्दाको भने जनजीवन सहज बन्दै गएको छ । लाङटाङ व्यवस्थापन एवम् पुनर्निर्माण समितिका अध्यक्ष तेम्बा लामाका अनुसार भूकम्प जाँदा छ हजार २०० मि को उचाइमा रहेको लाङटाङ हिमालको आधार शिविरमा रहेको पेबछे ताल फुट्दा चलेको भीषण पहिराले लाङटाङभित्रको लाङटाङ गाउँका १३ भन्दा बढी पर्यटकीय होटल, घर र एक सैनिक ब्यारेक समेत पुरिएपछि ठूलो सङ्ख्यामा मानिस बेपत्ता भएका थिए ।

पटक पटक परकम्प आइरहँदा माथिल्लो लाङटाङ, मन्डु र क्यान्जेन क्षेत्रमा बढी त्रास बढेपछि नेपाली सेनाले हेलिकोप्टर मार्फत पूरै लाङटाङवासीलाई उद्धार गरेर धुन्चे पु¥याई सामूहिक रुपमा काठमाडौँको स्वयम्भूस्थित पहेँलो गुम्बामा लगेको थियो । केही महिनाको बसाइपछि सङ्घसंस्थाको सहयोगमा आफ्नो थातथलोमा फर्की उनीहरु पर्यटन व्यवसायमा अगाडि बढेको बताइएको छ । सुरुको विपद्का दिन लाङटाङ क्षेत्र मानवविहीन भए पनि अहिले भरिभराउ भएका छन् । पर्यटकीय क्षेत्रलाई पूर्ववत् स्थितिमा लगी आफ्नो पेसालाई निरन्तरता दिन होटल खोल्ने काम समेत सुरु भई पर्यटक लाङटाङ जान थालिसकेका छन् ।

भूकम्पपछिको पहिराले लाङटाङभित्रको लाङटाङ पुरिँदा समग्रमा १७५ स्थानीयवासी, १० सैनिक, २० मजदुर, ४० पथप्रदर्शक र ८० पर्यटक पुरिएको तत्कालीन अवस्थामा आँकलन भए पनि पहिराले पुरेका ८३ जनाको शव अझै पनि भेट्न सकिएको छैन । पछिल्ला दिनमा फेला परेको मानव कङ्काल डिएनए परीक्षणका लागि काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीको तथ्याङ्कानुसार भूकम्पबाट मर्नेको सङ्ख्या जिल्लामा ६८२ पुगेको छ ।

तत्कालीन अवस्थामा लाङटाङ क्षेत्रबाट स्वदेशी तथा विदेशी गरी ७५१ जनालाई हेलिकोप्टरबाट उद्धार र ५०० को हाराहारीमा गाउँ गाउँबाट उद्धार गरी अस्पताल पु¥याइएको थियो । भूकम्प गएको महिनौँ दिनपछि विभिन्न सङ्घसंस्था आएपछि राहत वितरणमा थप सहयोग भएको थियो । वैशाख र जेठ महिनामा ग्रामीणवासीलाई ठूलो कष्ट भयो । असारबाट सरकारले लागू गरेको मापदण्डअनुरुप दुई÷दुई बन्डल जस्ता वितरण प्रत्येक परिवारलाई गरिएपछि वर्षा याममा सहजता आएको थियो । रासस

LIVE TV