११ बैशाख २०७३, शनिबार

आन्दोलनसंग जोडिएका राजनीतिक मुद्दाहरु लगभग पूरा,उपलब्धि संस्थागत हुन भने बाँकी 

lok

लोकतन्त्र आएको आज १० वर्ष पूरा भएको छ । २०६२÷०६३ को जनआन्दोलनपछि २०६३ वैशाख ११ गते लोकतन्त्र स्थापना भएको थियो । तत्कालीन राजा ज्ञानेन्द्र शाहको निरंकुश शासन नागरिकको आन्दोलनका कारण अन्त्य भएर लोकतन्त्र आएको थियो ।

लोकतन्त्र आएको एक दशक पूरा हुँदा आन्दोलनसँग जोडिएका राजनीतिक मुद्दा लगभग पूरा भएका छन् । तर नागरिकका दैनिकी तथा जीविकासँग सम्बन्धित माग अझै पूरा भएका छैनन् । यो अवधिमा राजनीतिक प्रणाली राजतन्त्रात्मबाट गणतन्त्रमा आइपुगेको छ ।

lo

संविधानसभाबाट नयाँ संविधान जारी भएको छ । संघीयता तथा स्थायी शान्तिका कुरा केही बाहेक अधिकांश पूरा भएका छन् । तर फेरिएको राजनीतिक व्यवस्थामा पनि जनआन्दोलनमा होमिदा देखेका सपनाको केही अंश पनि पूरा नभएको नागरिकले गुनासो गरेका छन् ।

महसुस गर्ने गरी काम गरेर खाने वर्गको पक्षमा परिवर्तन भएको छैन । यस्तैमा लोकतन्त्र स्थापनाका लागि आन्दोलन गर्दा घाइते भएका व्यक्तिलाई सरकारले दिँदै आएको निशुल्क उपचार सेवा कटौती गरेको पीडितले दुखेसो गरेका छन् । गएको वर्ष भदौ महिनादेखि निःशुल्क उपचार नपाएको भन्दै पीडितले गुनासो गरेका हुन् । यसअघि सरकारले जनआन्दोलनका घाइतेलाई सबै सरकारी अस्पतालबाट निशुल्क उपचार सेवा दिँदै आएको थियो । शहीद परिवार तथा घाइते सरोकार समितिका अनुसार १३ हजार ६ सय ५८ जना घाइते भएका थिए ।

यो वर्ष देखि सरकारले लोकतन्त्र दिवसको दिन दिने गरेको सार्वजनिक विदा समेत कटौती गरेको छ । लोकतन्त्र दिवसका अवसरमा आज सरकारले कुनै औपचारिक कार्यक्रम गरेको छैन ।

LIVE TV