
अज्ञात समूहले बङ्गलादेशको एक विश्वविद्यालयमा अध्यायनरत प्राध्यापकको शनिबार हत्या गरेको प्रहरीले जनाएको छ ।
बङ्गलादेशको उत्तरपश्चिममा अवस्थित राजशाही शहर निवासी ५८ वर्षीय सरकारी विश्वविद्यालयमा अध्यापनरत रजाउल करिम सिद्धिकीलाई घरबाट बस स्टेसनमा जाँदै गर्दा पछाडिबाट धुरा प्रहार गरी हत्या गरिएको हो।
उनले विश्वविद्यालयमा अङ्ग्रेजी विषय अध्यापन गराउँदै आएका थिय ।
हमलाको स्वभाव हेर्दा यसअघि इश्लामिक समूहका लडाकूले असाम्प्रदायिक तथा अनिश्वरवादी व्यक्तिमाथि गरिने हमलासँग मिल्दोजुल्दो भएकोले यसमा आइएस समूहको सम्लग्नता रहेको हुनसक्ने प्रहरीले प्रारिम्भक अनुसन्धानपछि बताइएको छ ।