११ बैशाख २०७३, शनिबार

काठमाडौं ।
२०६३ बैशाख ११ अर्थात आजभन्दा ठिक १ दर्शक अगाडी तत्कालिन राजा ज्ञानेन्द्र जनताको आन्दोलनले निरंकुश राजतन्त्रलाई घुँडा टेकाएको थिए । तत्कालिन सात दल र सशस्त्र द्वन्द्वमा रहेको माओवादीको आहृवानमा भएको आन्दोलनले सफलता पाएको हो । तत्कालिन राजा ज्ञानेन्द्र शाहले जननिर्वाचित प्रधानमन्त्रीलाई बर्खास्त गरी सत्ता र शक्ति आफ्नो हातमा लिएपछि प्रमुख सात दलले आन्दोलन सुरु गरेका थिए । विघटित प्रतिनिधि सभा पुनस्र्थापनाको माग बोकेर सडकमा ओर्लिएका सात दललाई तत्कालीन माओवादीले साथ दिएको थियो ।

०६२ \२०६३ मा भएको १९ दिने जनआन्दोलनले तत्कालिन राजा ज्ञानेन्द्र शाहले जनताको नासो जनतालाई नै फिर्ता दिएको भन्दै आफ्नो सक्रिय शासनबाट विदा लिएका थिए । तत्कालिन राजा ज्ञानेन्द्रले शाही घोषणा मार्फत २०६३ वैशाख ११ गते राति सात राजनीतिक दलले संसद् पुनःस्थापनाको घोषणा गरेका थिए । त्यसपछि सुरु भएको लोकतान्त्रीक प्रक्रिया अहिले संविधान कार्यान्वयन र पुर्न्निर्माणको चरणमा आईपुगेको छ ।
थिए

राजा ज्ञानेन्द्रले मुलुकमा निरंकुश शासन सञ्चालन गरेपछि संसदवादी सात राजनीतिक दल र माओवादीबीच दिल्लीमा १२ बुँदे सम्झौता भएको थियो ।सवै अधिकार आफ्नो हातमा लिएका राजाले’ जनताको नासो जनतालाई सुम्पेको’ घोषणा गरेपछि आन्दोलन टुंगिएको थियो ।

०६२\६३ को जनआन्दोलनमा २५ जनाले ज्यान गुमाएका थिए भने धेरै आन्दोलनकारी घाइते तथा अंगभंग भएका थिए । यही आन्दोलनमार्फत सशस्त्र जनयुद्ध गरिरहेको माओवादीको शान्ति प्रक्रियामा आगमन भएको हुँदा यो आन्दोलनको विशेष महत्व रहेको छ । सामन्ती राजतन्त्रको अन्य भएर गणतान्त्रिका व्यवस्थाको सुरुवाता भएको एक दर्शक पूरा हुँदा पनि जनताका चाहना भने पूरा हुन सकेका छैनन् । ताथापी संविधानसभाबाट नयाँ संविधान जारी भएको छ ।

Nepalese people gather for a mass meeting to express their social harmony and the punctual implementation of a new constitution in Kathmandu May 23, 2012. Nepal Supreme Court gave a deadline to draw up a new constitution for the Himalayan nation till Sunday May 27, 2012. AFP PHOTO/Prakash MATHEMA
Nepalese people gather for a mass meeting to express their social harmony and the punctual implementation of a new constitution in Kathmandu May 23, 2012. Nepal Supreme Court gave a deadline to draw up a new constitution for the Himalayan nation till Sunday May 27, 2012. AFP PHOTO/Prakash MATHEMA

लोकतन्त्र स्थापनाको एक दशकमा जनआन्दोलनमा उठेका राजनीतिक मागअनुसारका उपलब्धिहरू करिब हासिल भएका छन् । तर जनजीविकाका सवालमा जुन परिवर्तनको अपेक्षा थियो, ती अधुरै छन् । राजनीतिक यद्दपी फेरिएको नेपालीहरुको जीवनस्तर माथी उठ्न सकेको छैन्न् ।उल्टै देशमा उर्जा संकटले थलिएको छ ,राजनैतिक अस्तिरताले ठूला आयोजनाहरु निर्धारित समयमा बन्ने अबस्था छैन्न् ।संक्रमणकालिन समयको मौका छोपेर अभाव, महँगी मौलाइरहेको छ ।
राजैतिक दलहरुले संविधानसभा मार्फत संविधान दिने भनेर नेपाली जनताहरुलाई बाचा गरेपनि पहिलो संविधानसभाले नेपाली जनतालाई संविधान दिन सकेन्न् । दोस्रो संविधान सभाबाट मात्रै देशले नयाँ संविधान जारी गरेर अहिले कार्यान्यनको चरणमा छ ।

जनताको संघर्षबाट प्राप्त लोकतन्त्रलाई संस्थागत गर्दै लोकतान्त्रीक संविधान कार्यान्वयन र पुर्ननिर्माण मार्फत् मुलुकलाई संबृद्धि तर्फ लैजाने अवको अविभारा पुरा गर्न लोकतन्त्र दिवसको अवसरमा सवैलाई जोश र हौसला मिलोस् र आन्दोलनबाट प्राप्त उपलव्धी र अवसरलाई सदुपयोग गर्ने जिम्मेवारीवोध सवै नेपालीको व्यवहारमा देखियोस् लोकतन्त्र दिवसको अवसरमा news24 परिवारतर्फबाट हार्दिक शुभकामना ।

LIVE TV